शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

नारायणघाट-मुग्लिन सडक सञ्चालनमा

शुक्रबार, कात्तिक १४ २०८२
नारायणघाट-मुग्लिन सडक सञ्चालनमा

पहिरोका कारण अवरुद्ध नारायणघाट–सडक दुईतर्फी सञ्चालनमा आएको छ।

मुग्लिन- पहिरोका कारण अवरुद्ध नारायणघाट-सडक दुईतर्फी सञ्चालनमा आएको छ। 
 
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाकामना-५ तुइनखोला पुल नजिकै पहिरो खसेपछि सडकमा यातायात आवगमन अवरुद्ध भएको थियो। 
 
सडक विभागको मेसिनले पहिरो पन्छाएपछि बिहान १०ः२५ बजेदेखि दुईतर्फी रुपमा यातायात सञ्चालन भएको उनले जानकारी दिए। उक्त सडकखण्डमा पहिरोको उच्च जोखिम रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ।

 


प्रकाशित : शुक्रबार, कात्तिक १४ २०८२१२:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend