शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

पहिरोले नारायणघाट–मुग्लिन सडक अवरुद्ध

शुक्रबार, कात्तिक १४ २०८२
पहिरोले नारायणघाट–मुग्लिन सडक अवरुद्ध

इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोला नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

चितवन- नारायणघाट–मुग्लिन सडक पहिरोका कारण अवरुद्ध भएको छ।

इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोला नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहीबारदेखिको निरन्तरको वर्षाका कारण पहिरो खसेको हो। बाटो अवरुद्ध भएपछि सवारीसाधन सडकमा रोकिएका छन्।

पहिरो पन्छाएर यथाशीघ्र सडक सुचारु गर्न आफूहरू लागिपरेको उनले बताए।


प्रकाशित : शुक्रबार, कात्तिक १४ २०८२१०:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend