शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

पूँजीकोष अपुग पाएपछि सप्तकोशी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो शीघ्र सुधारात्मक कारबाही

शुक्रबार, कात्तिक १४ २०८२
पूँजीकोष अपुग पाएपछि सप्तकोशी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो शीघ्र सुधारात्मक कारबाही

राष्ट्र बैंकका अनुसार विकास बैंकका लागि न्यूनतम पूँजीकोष अनुपात १० प्रतिशत तोकिएको भए पनि सप्तकोशी डेभलपमेन्ट बैंकको पूँजीकोष अनुपात ७ दशमलव ५१ प्रतिशत मात्र रहेको पाइएको छ। यो दर तोकिएको मापदण्डभन्दा ४२ दशमलव ७ प्रतिशतले कम हो।

काठमाडौं- नेपाल राष्ट्र बैंकले सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडलाई पूँजीकोष अपुग रहेको भन्दै शीघ्र सुधारात्मक कारबाही लागू गरेको छ।

राष्ट्र बैंकका अनुसार विकास बैंकका लागि न्यूनतम पूँजीकोष अनुपात १० प्रतिशत तोकिएको भए पनि सप्तकोशी डेभलपमेन्ट बैंकको पूँजीकोष अनुपात ७ दशमलव ५१ प्रतिशत मात्र रहेको पाइएको छ। यो दर तोकिएको मापदण्डभन्दा ४२ दशमलव ७ प्रतिशतले कम हो।

यसका कारण राष्ट्र बैंकले बैंकलाई लाभांश घोषणा गर्न, नयाँ शाखा खोल्न तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) र उच्च व्यवस्थापन तहका पदाधिकारीहरूको तलब–भत्ता वृद्धि गर्न रोक लगाएको हो।

बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३(क) अनुसार पूँजीकोष न्यूनतम दरभन्दा २५ प्रतिशतसम्म कम हुँदा सम्बन्धित संस्थासँग सुधार कार्यक्रम र पूँजीवृद्धि योजना माग गर्न, साथै लाभांश घोषणा, नयाँ शाखा विस्तार र उच्च व्यवस्थापनको सुविधा वृद्धि निषेध गर्न सकिने व्यवस्था छ।

सप्तकोशी डेभलपमेन्ट बैंक क्षेत्रीयस्तरको विकास बैंक हो, जसको कार्यक्षेत्र सात जिल्लामा फैलिएको छ। बैंकले गत आर्थिक वर्षसम्ममा करिब ७ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

तर, बैंकको असल कर्जा अनुपात कमजोर रहेको पाइएको छ। राष्ट्र बैंकका अनुसार बैंकको गैर–सञ्चालक कर्जा (एनपीएल) दर ९ दशमलव १० प्रतिशत पुगेको छ, जुन नियामक मापदण्डभन्दा निकै माथि हो।

राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षमै बैंकको स्थलगत निरीक्षण गरी सुधारका निर्देशन दिएको थियो। तर, ती निर्देशनहरू पालना नगरेको पाइएको र त्यसपछि हालको कारबाही गरिएको हो।

प्रकाशित : शुक्रबार, कात्तिक १४ २०८२०७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend