शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

'उद्योगको बिजुली काटेर श्रमिकमाथिको प्रहार अस्वीकार्य'

बिहीबार , कात्तिक १३ २०८२
'उद्योगको बिजुली काटेर श्रमिकमाथिको प्रहार अस्वीकार्य'

काठमाडौं- समग्र उद्योग ट्रेड युनियन, नेपाल (हृवीन) ले उद्योगहरुको बिजुली काट्ने ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणको निर्णयप्रति आपत्ति जनाएको छ।

हालै ऊर्जामन्त्री कुलमान घिसिङको निर्देशनमा केही ठूला औद्योगिक प्रतिष्ठानहरूको बिजुली आपूर्ति बन्द गरिएपछि ती उद्योगमा कार्यरत करिब ३० हजारभन्दा बढी श्रमिकहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भएको भन्दै समग्र उद्योग ट्रेड युनियनले आपत्ति जनाएको हो।

'यस कार्यले हजारौँ श्रमिकको रोजगारी, आम्दानी र जीविको पार्जन संकटमा पारेको छ, जुन पूर्णरूपमा गैरजिम्मेवार, अमानवीय, राष्ट्र र श्रमिक विरोधी काम हो', हृवीन केन्द्रीय कमिटीका उपमहासचिव एवम् प्रशासन प्रमुख अर्जुन कुमार चौगालाईँद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

उद्योग-व्यवसाय चलाउन पाउने अधिकार, श्रमिकको काम गर्ने अधिकार र परिवार पाल्ने अधिकार संविधानले सुनिश्चित गरेको मौलिक अधिकार भएको भन्दै प्रभावित उद्योगको बिजुली अविलम्ब जोड्न माग गरिएको छ।

'साथै सरकारी निकायको आन्तरिक विवाद वा भुक्तानीसम्बन्धी विवादको भार श्रमिकमाथि थोपार्नु गैरजिम्मेवार, अमानवीय र श्रमिक विरोधी कार्य हो। विद्युत काटेको कारण बेरोजगार र पारिश्रमिकबाट वञ्चित गरिएका श्रमिकको जिम्मेवारी सरकारले लिनुपर्छ', युनियनको भनाइ छ।

विद्युत महसुल भुक्तानी विवाद कानूनी प्रक्रियाबाट समाधान गर्न पनि अनुरोध गरिएको छ।


प्रकाशित : बिहीबार , कात्तिक १३ २०८२१५:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend