शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

वीरगञ्ज नाकाबाट तीन महिनामा ३८ अर्बको पेट्रोलियम पदार्थ आयात

बिहीबार , कात्तिक १३ २०८२
वीरगञ्ज नाकाबाट तीन महिनामा ३८ अर्बको पेट्रोलियम पदार्थ आयात

भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा पेट्रोलियम पदार्थको आयातमा केही कमी आएको बताए।

वीरगञ्ज- चालु आर्थिक वर्षको तीन महिनामा वीरगञ्ज नाका भएर ३८ अर्ब नौ करोड रूपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी), एभिएसन टर्बाइन फ्युल (एटीएफ) र मट्टितेल आयातबाट १६ अर्ब १२ करोड रूपैयाँ राजस्व संकलन भएको छ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा रकमको आधारमा पाँचथरिका पेट्रोलिम पदार्थको आयातमा १ अर्ब ६ करोड रूपैयाँ रकमले कमी आएको आएको छ।

जबकी गत आवको तीन महिनाको अवधिमा भने ३९ अर्ब १५ करोड रूपैयाँबराबरको पेट्रोलियम पदार्थको आयात हुँदा १६ अर्ब सात करोड राजस्व संकलन भएको छ।

भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा पेट्रोलियम पदार्थको आयातमा केही कमी आएको बताए।

वीरगञ्ज भन्सार कार्यालयका चालु आवको असोज मसान्तसम्म १५ अर्ब ७२ करोड रूपैयाँबराबर एक लाख ७४ हजार ९२४ किलोलिटर डिजेल आयात भएको छ। सो डिजेल आयातबाट ६ अर्ब ९६ करोड रूपैयाँ राजस्व संकलन भएको छ।

चालु आवको तीन महिनामा १० अर्ब ७२ करोड रूपैयाँबराबर एक लाख २५ हजार ३८० किलोलिटर पेट्रोल आयात भएको छ। सो पेट्रोल आयात हुँदा ७ अर्ब नौ करोड रूपैयाँ राजस्व संकलन भएको छ।

चालु आवको तीन महिनाको अवधिमा ७ अर्ब ४९ करोड रूपैयाँबराबर सात करोड ३९ लाख ७७ हजार दुईसय ७१ किलोग्राम एलपी ग्यास आयात भएको छ। रासस


प्रकाशित : बिहीबार , कात्तिक १३ २०८२१४:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend