शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

‘हिडन भ्याली’ मा अलपत्र परेका पर्यटकको उद्धार प्रयास जारी : सेना

बुधबार, कात्तिक १२ २०८२
‘हिडन भ्याली’ मा अलपत्र परेका पर्यटकको उद्धार प्रयास जारी : सेना

लगातारको हिमपातका कारण मनाङको उपल्लो भेगमा फसेका करिब १५ सय पर्यटकको सुरक्षाकर्मीको टोलीले उद्धार गरेका छन्।

काठमाडौं- मुस्ताङको ‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धारको प्रयास भइरहेको छ।

सैनिक प्रवक्ता राजाराम बस्नेतले ‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिला सहित १२ स्वदेशी पर्यटकको हवाई उद्धारको प्रयास भइरहेको जानकारी दिँदै लगातार हिउँ परिरहेको र मौसम खराब भएका कारण केही समस्या भएको बताए।

उनले भने, 'पर्यटक (उनीहरू)को अवस्था सामान्य रहेको र उद्धारका लागि ट्राभल कम्पनीसँग समन्वय भइरहेको छ।'

म्याग्दीदेखि धवलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धवलागिरि चक्रीय पदमार्गको हिडन भ्यालीमा पुगेका पर्यटक समस्यामा परेका थिए। म्याग्दीको धवलागिरि गाउँपालिका-४ मुदीको इटाली आधार शिविर भएर मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फा जाने क्रममा सोमबार रातिदेखि भएको निरन्तर हिमपातले पदमार्ग पुरिएपछि ती पर्यटक हिडन भ्यालीमा रोकिएका थिए।

यसैबीच, लगातारको हिमपातका कारण मनाङको उपल्लो भेगमा फसेका करिब एक हजार ५०० पर्यटकको सुरक्षाकर्मीको टोलीले उद्धार गरेका छन्।

सैनिक प्रवक्ता  बस्नेतका अनुसार मनाङको तिलिचो, खाङसार, पिसाङ, माथिल्लो मनाङ तथा हुम्दे इलाकाका विभिन्न स्थानमा फसेका २०० विदेशी पर्यटकसहित एक हजार ५०० जनाको उद्धार गरिएको हो।

मनाङस्थित नयाँ भैरवीदल गुल्मबाट खटिएको उद्धार टोलीले स्थानीय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरीको सहकार्यमा पर्यटकहरूलाई सुरक्षित स्थानसम्म पुर्‍याइएको थियो। रासस


प्रकाशित : बुधबार, कात्तिक १२ २०८२१४:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend