काठमाडौं- सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई आकर्षक दरको लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको सञ्चालक समितिको कात्तिक ११ गते बसेको बैठकले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १६.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
सोल्टी होटल लिमिटेडले कुल ३१.५८ प्रतिशत लाभांश प्रस्ताव गर्दै ५१औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।
उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले आगामी मंसिर २८ गते (आइतबार) बिहान १० बजे त्रिभुवन आर्मी अफिसर्स क्लब सभामण्डप हल, टुँडिखेल, सुन्धारा, काठमाडौंमा ५१औँ वार्षिक साधारण सभा बोलाएको छ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर ५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने जनाएको छ।
यसअनुसार मंसिर ४ गतेसम्म नेप्सेमा कारोबार भइ नाम दर्ता भएका सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।