शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

वीरगञ्ज नाका हुँदै २ खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात

बुधबार, कात्तिक १२ २०८२
वीरगञ्ज नाका हुँदै २ खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात

वीरगञ्जनाका हुँदै चालु आवको तीन महिनामा २६ अर्ब ५८ करोड रूपैयाँबराबरका वस्तु तथा सामान निर्यात भएका छन्।

पर्सा- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा दुई खर्ब १८ अर्ब १० करोड रूपैयाँबराबरका वस्तु तथा सामान आयात भएका छन्। गत आर्थिक वर्षको पछिल्लो तीन महिनाको तुलनामा चालु आवको असोजसम्म ३४ अर्ब २३ करोड रूपैयाँभन्दा बढी मूल्यका सामान वीरगञ्ज भन्सारबाट भित्रिएका छन्।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै भित्रिने वस्तु तथा सामानको आयात बढेको जानकारी दिए। 'वीरगञ्ज नाका हुँदै पछिल्लो तीन महिनामा दुई खर्ब १८ अर्ब १० करोड रूपैयाँबराबरको सामान भित्रिँदा ५८ अर्ब २३ करोड राजस्व संकलन भएको छ।'

जबकि गत आवको तीन महिनाको सोही अवधिमा एक खर्ब ८३ अर्ब ८७ करोड रूपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको थियो।

चालु आवको तीन महिनामा यो नाका हुँदै आयातमात्रै नभएर निर्याततर्फ पनि उल्लेखनीय वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ। वीरगञ्जनाका हुँदै चालु आवको तीन महिनामा २६ अर्ब ५८ करोड रूपैयाँबराबरका वस्तु तथा सामान निर्यात भएका छन्।

जबकि गत आवको तीन महिनाको सोही अवधिमा आठ अर्ब ८४ करोड रूपैयाँबराबरका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको थियो। रकमका आधारमा गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने रु १७ अर्ब ७५ करोड बढीले निर्यात भएको हो। रासस


प्रकाशित : बुधबार, कात्तिक १२ २०८२११:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend