शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनर्निर्माण

मंगलबार, कात्तिक ११ २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनर्निर्माण

उपत्यका प्रहरी प्रमुख दानबहादुर कार्कीले संघप्रति आभार व्यक्त गरे।

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा जलाइएको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न गरी आज हस्तान्तरण गरिएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएन) ले उक्त ट्राफिक प्रहरी कन्ट्रोल रुम पुनः निर्माण गरी आज एक कार्यक्रमबीच संघका अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष महेशकुमार श्रेष्ठ र उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष मनोजकुमार श्रेष्ठले उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन्।

अध्यक्ष श्रेष्ठले यस परियोजनामा जडित उपकरणहरू दीर्घकालसम्मलाई ध्यानमा राखेर व्यवस्थापन गरिएको जानकारी दिए।

उपत्यका प्रहरी प्रमुख कार्कीले संघप्रति आभार व्यक्त गरे। 'गैरआवासी नेपाली संघ (एनआरएन) ले आन्दोलनका क्रममा जलाइएको ट्राफिक प्रहरी कन्ट्रोल रुम पुनः निर्माण गरी आज हामीलाई हस्तान्तरण गरिएको छ। हामी खुसी छौँ। सबैलाई आवश्यक पर्ने संरचनामा क्षति गर्नु हुन्न भन्ने हामीले हाम्रा सन्ततिलाई सिकाउन जरुरी छ।' रासस


प्रकाशित : मंगलबार, कात्तिक ११ २०८२१४:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend