शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुंगे पुल निर्माण : दुईसय घरपरिवार लाभान्वित

मंगलबार, कात्तिक ११ २०८२
बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुंगे पुल निर्माण : दुईसय घरपरिवार लाभान्वित

पुल बनेपछि खोल्सा र जङ्गलमा घुमाउरो बाटो हिँड्नुपर्ने समस्या हटेको छ।

म्याग्दी- मङ्गला गाउँपालिका-४ को न्यूखोलामा निर्माण भएको झोलुंगे पुलबाट करिब दुईसय परिवार लाभान्वित भएका छन्। पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ।

मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव पाँच मिटर लामो झोलुंगे पुल निर्माण गरेको हो। पुल बनेपछि खोल्सा र जङ्गलमा घुमाउरो बाटो हिँड्नुपर्ने समस्या हटेको उपभोक्ता समितिका अध्यक्ष सविता रोकाले बताइन्।

'धापुङ्ग र महेशका बासिन्दालाई वडा कार्यालय जान एक घण्टाको बाटो ३० मिनेटमा छोटिएको छ', उनले भनिन्, 'बर्खामा न्युखोलामा बाढी आउँदा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता पनि हटेको छ।'

कुल ५७ लाख १० हजार ८६० रूपैयाँ लगानीमा उपभोक्ता समितिले निर्माण गरेको पुलबाट एकसय ९३ घरपरिवार लाभान्वित भएका उपभोक्ता समितिले जनाएको छ। उपभोक्ताले ६४ हजार ९६१ रूपैयाँ बराबरको श्रमदान गरेका छन्। 

११ लाख ६६ हजार ४२४ मा स्टिल पार्टस् खरिद र उपभोक्ता समितिलाई ३१ लाख ८३ हजार ९१ रूपैयाँ भुक्तानी भएको छ। पुलको सोमबार प्रतिनिधिसभाका निवर्तमान सदस्य तथा पूर्वराज्यमन्त्री खमबहादुर गर्बुजाले उद्घाटन गरे। झोलुंगे पुल निर्माण भएकामा स्थानीयवासीले नाचगान गरेर खुसीयाली मनाएका छन्। रासस 


प्रकाशित : मंगलबार, कात्तिक ११ २०८२१२:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend