शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

निर्वाचन सुरक्षाका लागि अर्थ मन्त्रालयले तीन सुरक्षा निकायलाई दियो २५१ वटा गाडी किन्न सहमति

सोमबार, कात्तिक १० २०८२
निर्वाचन सुरक्षाका लागि अर्थ मन्त्रालयले तीन सुरक्षा निकायलाई दियो २५१ वटा गाडी किन्न सहमति

आगामी प्रतिनिधि सभा निर्वाचनलाई दृष्टिगत गर्दै अर्थ मन्त्रालयले तीन वटा सुरक्षा निकायलाई २५१ वटा सवारीसाधन किन्न स्रोत सहमति दिएको छ।

काठमाडौं- आगामी प्रतिनिधि सभा निर्वाचनलाई दृष्टिगत गर्दै अर्थ मन्त्रालयले तीन वटा सुरक्षा निकायलाई २५१ वटा सवारीसाधन किन्न स्रोत सहमति दिएको छ।

अर्थ मन्त्रालयकाका अनुसार ६ वटा गाडी राष्ट्रिय अनुसन्धान विभागका लागि, १७५ वटा नेपाल प्रहरीका लागि र ७० वटा सशस्त्र प्रहरी बलका लागि खरिद गर्न अनुमति दिइएको हो।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते धेरै सरकारी र सुरक्षा निकायका गाडीमा आगजनी तथा तोडफोड भएको थियो। त्यसपछि मन्त्रालय मातहतका अन्य निकायका लागि नयाँ गाडी नकिन्ने नीति लिइए पनि सुरक्षा निकायका लागि भने अपवाद स्वरूप स्रोत सहमति दिइएको हो।

जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति तोकेको छ। त्यस क्रममा सुरक्षासम्बन्धी तयारीलाई प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन गर्न अर्थ मन्त्रालय सहमत भएको हो।

अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार निर्वाचन तथा सुरक्षासम्बन्धी तयारीका लागि आवश्यक पर्ने बजेटमा कुनै सम्झौता गरिने छैन।


प्रकाशित : सोमबार, कात्तिक १० २०८२०५:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend