शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

तिहार बिदापछिको पहिलो कारोबारमा सामान्य बढ्यो सेयर बजार

आइतबार, कात्तिक ९ २०८२
तिहार बिदापछिको पहिलो कारोबारमा सामान्य बढ्यो सेयर बजार

९८ वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा २ अर्ब ६६ करोड १३ लाख रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- तिहार बिदापछिको पहिलो कारोबारमा सेयर बजारमा सामान्य वृद्धि देखिएको छ। यो साता आइतबार बजार ५.१९ अंकले बढेर २५०९.०४ बिन्दुमा उक्लिएको छ।

९८ वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा २ अर्ब ६६ करोड १३ लाख रूपैयाँको कारोबार भएको छ। आज १४६ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा ४ कम्पनीको भने स्थिर रहेको छ।

तिहार बिदाअघिको अन्तिम कारोबार दिन गत आइतबार पनि बजार वृद्धितर्फै लागेर बन्द भएको थियो। सो दिन बजार १६.६७ अंकले बढेर २५०३.८५ बिन्दुमा पुग्दा २ अर्ब ७९ करोडको कारोबार भएको थियो।

नयाँ चुनावी सरकार बनेकाले चुनावसम्म बजारले गति समात्ने विश्लेषकहरूले बताइरहेका छन्। सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहेको छ।

सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहेको भए पनि लगानीकर्ता विश्वस्त देखिन सकेका छैनन्। राजनीतिक अस्थिरता देखिँदा बजारले लय समात्न मुस्किल भइरहेको छ। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।


प्रकाशित : आइतबार, कात्तिक ९ २०८२१५:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend