शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

तीन महिनामै निर्यात ९० प्रतिशतले बढ्दा आयात २० प्रतिशतले बढ्यो

आइतबार, कात्तिक ९ २०८२
तीन महिनामै निर्यात ९० प्रतिशतले बढ्दा आयात २० प्रतिशतले बढ्यो

व्यापार घाटा पनि १२.१८ प्रतिशतले बढेको छ। चालु आवको तीन महिनाको व्यापार घाटा ३ खर्ब ९५ अर्ब ३० करोड ५ लाख १६ हजार रूपैयाँ रहेको छ।

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/०८३ को तीन महिना (साउनदेखि असोज) मै निर्यात ८९.६४ प्रतिशतले बढेको छ। तीन महिनाको अवधिमा ७२ अर्ब ७८ करोड २८ लाख ५ हजार रूपैयाँ बराबरको वस्तु नेपालबाट विश्वका विभिन्न देश पुगेको छ।

गत आर्थिक वर्ष २०८१/०८२ को पहिलो ३ महिनामा ३८ अर्ब ७३ करोड ८७ लाख १७ हजार रूपैयाँ बराबरको सामान निर्यात भएको थियो।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आयात भने १९.७९ प्रतिशतले बढेको छ। तीन महिनामा नेपालले ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाख २१ हजार रूपैयाँ बराबरको सामान आयात गरेको छ।

गत वर्षको सोही अविधिमा ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख २१ हजार रूपैयाँ बराबरको सामान आयात भएको थियो।

समग्रमा वैदैशिक व्यापार २६.०४ प्रतिशतले बढेको छ। चालु आवको ३ महिनामा नेपालले कुल ५ खर्ब ४० अर्ब ८६ करोड ६१ लाख २६ हजार रूपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ।

गत वर्षको सोही अविधमा ४ खर्ब २९ अर्ब १३ करोड १० लाख ३८ हजार रूपैयाँ बराबरको व्यापार गरेको थियो।

व्यापार घाटा पनि १२.१८ प्रतिशतले बढेको छ। चालु आवको तीन महिनाको व्यापार घाटा ३ खर्ब ९५ अर्ब ३० करोड ५ लाख १६ हजार रूपैयाँ रहेको छ।

गत वर्षको सोही अविधिको व्यापार घाटा ३ खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख ४ हजार रूपैयाँ रहेको थियो।


प्रकाशित : आइतबार, कात्तिक ९ २०८२१३:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend