शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

पाथीभरामा एकैदिन ६ हजारभन्दा बढी दर्शनार्थी

आइतबार, कात्तिक ९ २०८२
पाथीभरामा एकैदिन ६ हजारभन्दा बढी दर्शनार्थी

पाथीभरामा विशेषगरी दसैँतिहारका समयमा तुलनात्मक रूपमा धेरै दर्शनार्थी पुग्ने गरेका छन्।

ताप्लेजुङ- यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार यो यामकै सबैभन्दा धेरै दर्शनार्थी पुगेका छन्।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार एकैदिन ६ हजार ३९३ जना भक्तजनले पाथीभराको दर्शन गरे। बिहान ३ बजेदेखि दिउँसो ३ बजेसम्म लाइनमा बसेर भक्तजनले पूजाअर्चना गरेका थिए।

पाथीभरामा वर्षभर नै भक्तजनको आगमन हुने गरेको छ। तर विशेषगरी दसैँतिहारका समयमा तुलनात्मक रूपमा धेरै भक्तजनको आगमन हुने गरेको छ। त्यसपछि चैतेदसैँको आसपासमा समेत धेरै भक्तजन आउने गरेका छन्।

समितिका अनुसार यसअघि गत असोजभर २९ हजार १७४ जना भक्तजनले मन्दिरको दर्शन गरेका थिए। यस्तै, आज पनि पाथीभरामा बिहानैदेखि भक्तजनको भीड उपस्थिति देखिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, कात्तिक ९ २०८२११:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend