शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

मेची भन्सारबाट १२ अर्ब २८ करोडको मालवस्तु आयात

शुक्रबार, कात्तिक ७ २०८२
मेची भन्सारबाट १२ अर्ब २८ करोडको मालवस्तु आयात

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा पूर्वीनाका काँकरभिट्टाबाट १२ अर्ब २८ करोड ३० रुपैयाँ लाखका मालवस्तु आयात भएका छन्।

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा पूर्वीनाका काँकरभिट्टाबाट १२ अर्ब २८ करोड ३० रुपैयाँ लाखका मालवस्तु आयात भएका छन्। यो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ४४ करोड २७ लाख अर्थात् १३ दशमलव ३१ प्रतिशतले बढी हो। 

मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार गत आवको पहिलो त्रैमासिकमा १० अर्ब ८४ करोड तीन लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको थियो। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा यो नाकाबाट हुने निर्यात घटेको छ। उक्त अवधिमा चार अर्ब ८० करोड ३९ लाख बराबरको सामान विभिन्न मुलुकमा निर्यात भएको छ। 

गत आवको सोही अवधिमा रु ६ अर्ब आठ करोड ६९ लाखको वस्तु तथा सामान निर्यात भएको थियो। यो नाकाबाट निर्यात २१ दशमलव ०८ प्रतिशतले घटेको कार्यालयका सूचना अधिकारी हुमागाईंले बताए।

पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैंची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनिउर सिट, मोलासिसलगायत रहेका छन् भने आयात हुने मुख्य मालवस्तुमा पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराको कच्चापदार्थ, तरकारी, फलफूल, खनिज उत्पादन, तयारी कपडालगायत रहेका छन्। 

कार्यालयको तथ्यांकानुसार चालु आव २०८२/८३ को पहिलो त्रैमासिकमा आयात निर्यातबाट रु चार अर्ब १५ करोड २० लाख आठ हजार रुपैयाँ राजस्व संकलन भएको छ। यो गत आव २०८१/८२ को सोही अवधिको तुलनामा १५ दशमलव ६९ प्रतिशत अर्थात् ५६ करोड २९ लाख ९७ हजारले बढी हो। रासस


प्रकाशित : शुक्रबार, कात्तिक ७ २०८२१०:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend