शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

आज भाइटीकाको उत्तम साइत बिहान ११ः३९ बजे

बिहीबार , कात्तिक ६ २०८२
आज भाइटीकाको उत्तम साइत बिहान ११ः३९ बजे
फाइल तस्बिर

कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे टीका लगाउने उत्तम साइत रहेको समितिले सार्वजनिक गरेको हो।

काठमाडौं- नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३९ बजे रहेको जनाएको छ। कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे टीका लगाउने उत्तम साइत रहेको समितिले सार्वजनिक गरेको हो।

समितिका अनुसार कात्तिक ६ गते बिहीबारको मध्याह्नकालमा टीका लगाउन कुनै बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित योग र विजय मुहूर्तको शुभ संयोग रहनेछ।

यस वर्षको यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु भएको हो। कात्तिक २ गते आइतबार काग तिहार मनाइयो, सोही दिन धनवन्तरी जयन्ती पनि परेको थियो। त्यसपछिको कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा सम्पन्न भयो।

गाई, गोरू र आत्म (म्ह) पूजा कात्तिक ५ गते बुधबार मनाइयो। आज कात्तिक ६ गते बिहीबार भाइपूजा, नेवार समुदायमा ‘किजा पूजा’ समेतका रूपमा मनाइँदैछ।

समितिले भाइटीका शुभ मुहूर्तका साथ भाइबहिनीबीचको प्रेम, स्नेह र पारिवारिक एकताको पर्व शुभ रहोस् भन्ने शुभकामना पनि व्यक्त गरेको छ। 


प्रकाशित : बिहीबार , कात्तिक ६ २०८२०७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend