शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

प्राधिकरणका महानिर्देशक अधिकारीमाथि दुर्व्यवहार गर्ने ३ जना पक्राउ, पूर्वपर्यटन मन्त्रीतर्फ सोझियो अनुसन्धानको सुई

बुधबार, कात्तिक ५ २०८२
प्राधिकरणका महानिर्देशक अधिकारीमाथि दुर्व्यवहार गर्ने ३ जना पक्राउ, पूर्वपर्यटन मन्त्रीतर्फ सोझियो अनुसन्धानको सुई

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीमाथि भएको दुर्व्यवहार प्रकरणमा संलग्न तीन जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ती तीन जनालाई गएराति र बुधबार बिहान पक्राउ गरेको हो।

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीमाथि भएको दुर्व्यवहार प्रकरणमा संलग्न तीन जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ती तीन जनालाई गएराति र बुधबार बिहान पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सर्लाही घर भएका ३४ वर्षीय हेम तामाङ, रामेछापका ३० वर्षीय सिर्जन अधिकारी र काभ्रेका ३७ वर्षका कोकिलबहादुर शाही रहेका छन्। अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार प्रारम्भिक विवरणका आधारमा यो घटना योजनाबद्ध रूपमा भएको देखिएको छ। उनका भनाइमा, 'घटनामा पूर्वपर्यटन मन्त्रीकै डिजाइन देखिन्छ,' - उनले नाम खुलाउन चाहेनन्। अनुसन्धानको प्रारम्भिक निष्कर्षमा पूर्वपर्यटन मन्त्रीकै योजनाअनुसार अधिकारीमाथि आक्रमण गराइएको शंका गरिएको छ।

हाल पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। दुर्व्यवहार किन र कसरी गरियो भन्ने विषयमा विस्तृत बयान लिइँदैछ।

गत सोमबार साँझ महानिर्देशक अधिकारी सातदोबाटोस्थित एन्फा नजिक आफ्नो घरतर्फ जाँदै गर्दा केही व्यक्तिहरूले उनलाई रोक्दै दुर्व्यवहार गरेका थिए। सो घटनापछि प्रहरीले अनुसन्धान थालेको थियो र केही दिनमै घटनामा संलग्न रहेको ठानिएका व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्न सफल भएको हो।

प्रहरीले यस घटनाको पछाडिको योजनाकार र उद्देश्यबारे थप प्रमाण संकलन भइरहेको जनाएको छ।


प्रकाशित : बुधबार, कात्तिक ५ २०८२१९:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend