शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

जलकुनीका दुई घरमा आगलागी, नगद तथा गरगहनासहित अन्नबाली जलेर नष्ट

मंगलबार, कात्तिक ४ २०८२
जलकुनीका दुई घरमा आगलागी, नगद तथा गरगहनासहित अन्नबाली जलेर नष्ट

घरबासविहीन भएका पीडित परिवारलाई ककनी गाउँपालिकाले तत्कालका लागि अस्थायी संरचनाको निर्माण गरेर बस्ने प्रबन्ध मिलाएको छ।

नुवाकोट- ककनी गाउँपालिका-१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ। आगलागीबाट नगद, गरगहनासहित अन्नबाली, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट भएको छ। 

आगलागीमा परी एक करोड रूपैयाँबराबरको धनसम्पत्ति क्षति भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए। उनका अनुसार बलराम बलामीको घरबाट सुरु भएको आगलागी जोडिएको घरमा पनि फैलिएको थियो।

'विद्युत् गडबढका कारण आगलागी हुँदा नगद १० लाख रूपैयाँसहित २५ लाख रूपैयाँबराबरको सुनचाँदीको गरगहना, १८ लाख रूपैयाँबराबरको अन्नबाली र भाँडावर्तनसहित ढुंगामाटोले बनेका दुईवटा घर पूर्ण क्षति भएको छ,' प्रनाउ लामाले भने, 'स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासले मानवीय र पशुचौपाय क्षति हुनबाट जोगाइएको छ।'

घरबासविहीन भएका पीडित परिवारलाई ककनी गाउँपालिकाले तत्कालका लागि अस्थायी संरचनाको निर्माण गरेर बस्ने प्रबन्ध मिलाएको छ। जिल्ला प्रशासनबाट नगद र रेडक्रस नुवाकोट शाखामार्फत गैह्रखाद्य (बन्दोबस्ती) सामग्री उपलब्ध गराउन सिफारिस गरिएको छ। रासस


प्रकाशित : मंगलबार, कात्तिक ४ २०८२१७:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend