शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

जुम्लामा एक वर्षमा सात हजारभन्दा बढीले बनाए राष्ट्रिय परिचयपत्र, एक हजारले लिए राहदानी

मंगलबार, कात्तिक ४ २०८२
जुम्लामा एक वर्षमा सात हजारभन्दा बढीले बनाए राष्ट्रिय परिचयपत्र, एक हजारले लिए राहदानी

यसैगरी, ६ हजार ८७ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्।

जुम्ला- जुम्लामा पछिल्लो एक वर्षमा सात हजार ४३० जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन्।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी मीनबहादुर रावलका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा चार हजार ४२ पुरुष र तीन हजार ३८८ महिलाले राष्ट्रिय परिचयपत्र बनाएका हुन्।

यसैगरी ६ हजार ८७ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्। राहदानी लिनेहरूमा ६५१ पुरुष र ३७७ महिला गरी जम्मा एक हजार २८ जना रहेको सूचना अधिकारी रावलले जानकारी दिए।

सरकारले सामाजिक सुरक्षा भत्तालगायतका सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गराएपछि चालु आर्थिक वर्षको तीन महिना अर्थात् असोजसम्ममा मात्र तीन हजार ५३७ जनाले आवेदन दिएका छन्।

राहदानी, संघसंस्था दर्ता तथा नवीकरण एवम् अन्य शीर्षकमा चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा १३ लाख ३७ हजार ६५० रूपैयाँ राजस्व संकलन भएको जिल्ला प्रशासनले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, कात्तिक ४ २०८२१३:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend