शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

रुपन्देहीमा साढे १८ लाख रूपैयाँबराबरको अवैध सामानसहित पाँचजना पक्राउ

मंगलबार, कात्तिक ४ २०८२
रुपन्देहीमा साढे १८ लाख रूपैयाँबराबरको अवैध सामानसहित पाँचजना पक्राउ

भारतबाट नेपालतर्फ अवैधरुपमा भन्सार छली तथा चोरीपैठारी गरी ल्याइएका १८ लाख ४२ हजार रूपैयाँ मूल्यबराबरको सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

रुपन्देही- जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको टोलीले सोमबार झन्डै साढे १८ लाख रूपैयाँबराबरको सामान बरामद गरेको छ।

जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अवैधरुपमा भन्सार छली तथा चोरीपैठारी गरी ल्याइएका १८ लाख ४२ हजार रूपैयाँ मूल्यबराबरको सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया र राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए।

उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका-४ बस्ने ५३ वर्षीय अलउदिन चुरिहार, सिद्धार्थनगर-६ बस्ने ५५ वर्षीय मिहाज अहमद, भारतको दिल्ली बस्ने ४८ वर्षीय सोहेब आलम, सोही स्थान बस्ने ५६ वर्षिय पवन अली र ३८ वर्षिय साहिद मलिकलाई सामानसहित पक्राउ गरिएको छ। रासस


प्रकाशित : मंगलबार, कात्तिक ४ २०८२१२:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend