शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

आन्तरिक राजस्व कार्यालय भद्रपुरले तीन महिनामा उठायो ७५ करोड राजस्व

मंगलबार, कात्तिक ४ २०८२
आन्तरिक राजस्व कार्यालय भद्रपुरले तीन महिनामा उठायो ७५ करोड राजस्व

अन्तरिक राजस्व कार्यालयको चालु आवमा ४ अर्ब ४५ करोड ५० लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको प्रमुख कर अधिकृत गोपालबहादुर थापाले जानकारी दिए।

झापा- आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा ७५ करोड २७ लाख ४४ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। संकलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १६ दशमलव ९० प्रतिशत हो।

अन्तरिक राजस्व कार्यालयको चालु आवमा ४ अर्ब ४५ करोड ५० लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको प्रमुख कर अधिकृत गोपालबहादुर थापाले जानकारी दिए। उनले भने, 'चालु आवको पहिलो त्रैमासिकमा ८७  करोड १० लाख २८ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ८६ दशमलव ४२ प्रतिशत राजस्व संकलन भयो।'

आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आवको तीन महिनामा आयकरबाट २७ करोड २६ लाख ७५ हजार, मुल्य अभिवृद्धि करबापत ३१ करोड नौ लाख २४ हजार रूपैयाँ अन्तःशुल्कबापत १८ करोड ६९ लाख ५२ हजार रूपैयाँ संकलन गरेको छ। गत आव २०८१/०८२ को पहिलो त्रैमासिकमा ६९ करोड २८ लाख ५७ हजार रूपैयाँ राजस्व संकलन भएको प्रमुख कर अधिकृत थापाले जानकारी दिए।

कार्यालयले राजस्व संकलनको लक्ष्य हासिल गर्न अहिलेको उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै करदातालाई अत्यधिक दबाब नहुनेगरी निरन्तर बजार अनुगमन र निगरानी गर्नुका साथै लाभग्राही केन्द्रित व्यावहारिक कर शिक्षा प्रदान गरिने प्रमुख कर अधिकृत थापाले बताए। रासस


प्रकाशित : मंगलबार, कात्तिक ४ २०८२११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend