आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

तिहारको झिलिमिलीले उज्यालिएको काठमाडौं [तस्बिरहरू]

सोमबार, कात्तिक ३ २०८२
तिहारको झिलिमिलीले उज्यालिएको काठमाडौं [तस्बिरहरू]

तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ। तिहारमा दियोबत्तीका साथै आधुनिक झिलिमिली बिजुली बत्ती बालेर घरलाई यज्यालो पारिन्छ। फूलको मालाले सिंगारिन्छ।

काठमाडौं- यमपञ्चकको तेस्रो दिन आज सोमबार बिहान कुकुरको पूजा गरी बेलुका लक्ष्मीपूजा पनि गरिएको छ। साँझ दीपावली गरी लक्ष्मी पूजा भइरहेको हो।

चाडपर्वमा रंगिन देखिने काठमाडौं झिलिमिलीले गुलजार बनेको छ। घरका साथै सडक नै झिलिमिली बनाइँदा तिहारको उल्लास देखिएको छ। तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ। तिहारमा दियोबत्तीका साथै आधुनिक झिलिमिली बिजुली बत्ती बालेर घरलाई यज्यालो पारिन्छ। फूलको मालाले सिंगारिन्छ।

लक्ष्मीपूजाको साँझसम्म त काठमाडौं उपत्यकामा हरेक घर नै उज्यालो देखिएको छ। परम्परागत दियो बाल्ने चलन हिजोआज लोप भएर आधुनिक झिलिमिली बत्तीले ठाउँ पाएको छ। जसले यतिबेला काठमाडौं उपत्यकाका बजारहरु रंगीन हुन थालेका छन्। 

यमपञ्चकको पहिलो दिन शनिबार नयाँ भाँडा किनी घरमा ल्याइ राखेर धनतेरस पर्व मनाइएको थियो। यसै साँझदेखि यमदीदान पनि सुरु भएको थियो। दोस्रो दिन आइतबार सन्देशवाहकका रुपमा कागको पूजासहित मीठा खानेकुरा खान दिइ मनाइएको थियो।

tihar jhilimili batti (2).jpg

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन देशभर तिहार अर्थात् यमपञ्चक पर्व मनाइन्छ। चौथो दिन मंगलबार यस वर्ष तिहारका कुनै पर्व परेको छैन। पाँचौँ दिन बुधबार गाई पूजा गरिँदै छ। यसैदिन गोवर्द्धन पूजा, हलितिहार, बलिपूजा, गोरुपूजा पर्व पनि परेको समितिले जनाएको छ।

तिथिले पाँचौँ परेपनि दिनअनुसार छैटौँ दिन अर्थात् कात्तिक ६ गते बिहीबार दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि तिहार पर्व समापन हुन्छ। 

tihar jhilimili batti (3).jpg
tihar jhilimili batti (4).jpg
tihar jhilimili batti (5).jpg
tihar jhilimili batti (6).jpg
tihar jhilimili batti (7).jpg
tihar jhilimili batti (8).jpg


प्रकाशित : सोमबार, कात्तिक ३ २०८२२१:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend