शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

तिहारमा स्वदेशी फूलले पायो बजार

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक ३ २०८२
तिहारमा स्वदेशी फूलले पायो बजार

काठमाडौं- यस वर्षको तिहारमा नेपालमै उत्पादित फूलले बजार पाएको फूल व्यवसायीले बताएका छन्।

तिहारमा फूलको बढी व्यापार हुने गर्छ। नेपालमा उत्पादन भएको फूलले बजार पाउँदा विदेशबाट कमै फूल आयात भएको नर्सरी व्यवसायी संघले जनाएको छ। नेपाली व्यवसायीले उत्पादन गरेको फूल विगत वर्षमा बिचौलियाका कारण किसानले मूल्य नपाउने गरेकामा यस वर्ष भने त्यस्तो नभएको संघका अध्यक्ष रामजी तिमल्सिनाले जानकारी दिए।

यस वर्ष सयपत्रीको माला प्रतिगोटा १०० देखि १२० मा पाइने उनले सुनाए। मखमलीको फूल भने प्रतिगोटा ३५ देखि ४५ सम्ममा पाइने संघले जनाएको छ। यस वर्ष तिहार छिट्टै परेकाले गोदावरीको फूल भने कमै फुलेको व्यवसायीले जनाएका छन्। 

यस वर्ष बागमती प्रदेश सरकारअन्तर्गत रहेको पुष्प विकास केन्द्रले भक्तपुरको गुण्डु र काठमाडौंको इचङ्गुनारायणका २५/२५ गरी ५० जनालाई तालिम दिएको थियो। तालिम लिने ५० जनालाई दुई/दुई रोपनी रोप्न पुग्ने गरी बिएको बेर्ना बाँडिएको केन्द्रका कार्यालय प्रमुख रबिन्द्र थापाले जानकारी दिए।

केही उपभोक्ताले भने बजारमा फूल र मालाको मूल्य विगत वर्षको भन्दा बढी तिर्न बाध्य हुनुपरेको गुनासो गरेका छन्। सरकारले मूल्य तोकेर बढी लिनेलाई कानुनी कारबाहीको दायरामा ल्याए बढी मूल्य लिने क्रम रोकिने उपभोक्ता सविना श्रेष्ठको माग छ। रासस


प्रकाशित : सोमबार, कात्तिक ३ २०८२१५:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend