शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

विश्वको सबैभन्दा धेरै श्रमशक्ति भएका २० देश, कुन देशमा कति छन्?

चीन र भारतमा मात्रै १ अर्ब ३० करोड श्रम गर्ने मानिस

बुधबार, कात्तिक १२ २०८२
विश्वको सबैभन्दा धेरै श्रमशक्ति भएका २० देश, कुन देशमा कति छन्?

भारत र चीनको कुल श्रमशक्ति जोड्दा विश्वको ४० प्रतिशत यी दुई देशमै रहेका छन्। २०२४ को विश्व बैंकको तथ्यांकअनुसार चीनमा ७७ करोड ३८ लाख ७९ हजार ६ सय ७८ जना काम गर्न सक्ने उमेरका मानिस रहेका छन्।

काठमाडौं- समकालीन विश्वमा सबैभन्दा महत्वपूर्ण भनेको श्रम गर्न सक्ने उमेरका मानिस हुन्। जुन देशमा धेरै काम गर्न सक्ने उमेरका मानिस अर्थात् श्रमशक्ति छन् त्यही देशको श्रमपुँजी बलियो हुन्छ।

चीन र भारतले पछिल्ला एक/दुई दशकमा तरक्की गर्नुको मुख्य कारण पनि त्यहाँ भएको ठूलो संख्याको श्रमशक्ति नै हो। विकसित देशहरु जापानलगायत युरोपेली देशहरुमा काम गर्न सक्ने उमेरका मानिसहरु कम हुँदै जाँदा त्यसको प्रभाव अर्थतन्त्रमा देखिन थालेको छ।

सक्रियरुपमा काम गरिरहेका वा गर्न सक्ने उमेरका मानिसहरुले नै विश्वको आर्थिक सम्भावनाहरुलाई बलियो बनाउँछ। त्यो नै विश्वको श्रमशक्ति हो। भिजुअल क्यापिटालिस्टले विश्व बैंकको तथ्यांकअनुसार विश्वका कुन देशमा कति श्रमशक्ति छन् उल्लेख गरेको छ। महादेशअनुसार एसिया समकालीन विश्वको श्रमशक्तिको पावर हाउसका रुपमा रहेको छ।

भारत र चीनको कुल श्रमशक्ति जोड्दा विश्वको ४० प्रतिशत यी दुई देशमै रहेका छन्। २०२४ को विश्व बैंकको तथ्यांकअनुसार चीनमा ७७ करोड ३८ लाख ७९ हजार ६ सय ७८ जना काम गर्न सक्ने उमेरका मानिस रहेका छन्।

त्यस्तै, विश्वको दोस्रो धेरै श्रमशक्ति भएको भारतमा २०२४ को तथ्यांकअनुसार ६० लाख ७६ हजार ९१ लख ४ सय ९८ जना काम गर्नसक्ने मानिस रहेका छन्।

यही कारण विश्वको उत्पादन तथा सेवा क्षेत्रमा एसियाका श्रमिकहरुको प्रभाव रहेको छ। अन्य एसियाली देशहरु इन्डोनेसिया, पाकिस्तान, बंगालादेश तथा भियतनाममा दशौँ लाख श्रमशक्ति रहेका छन्। यही श्रमशक्तिको प्रयोगमा यी देशहरुले आर्थिक तरक्की गरिरहेका छन्।

नेपालले भने अहिले भएको काम गर्न सक्ने उमेरको श्रमशक्ति आफ्नै देशको विकासमा लगाउन सकेको छैन। देशमा भएको श्रमशक्ति रोजगारीको अवसर नपाएर खाडी मुलुक गएर काम गर्न बाध्य छन्। यसको सकारात्मक प्रभाव विप्रेषण प्रवाहमा परेपनि दीर्घकालीन आर्थिक विकासमा भने श्रम शक्तको उपयोग हुन सकेको छैन।

चीन र भारतपछि तेस्रो धेरै श्रमशक्ति भएको देश अमेरिका हो। अमेरिकामा १७ करोड ४१ लाख ७३ हजार ५ सय ९५ जना काम गर्नसक्ने उमेरका मानिस छन्। 

यी हुन् सबैभन्दा धेरै काम गर्ने उमेरका मानिस र देश :

चीन- ७७ करोड ३८ लाख ७९ हजार ६ सय ७८ जना

भारत- ६० करोड ७६ लाख ९१ हजार ४ सय ९८ जना

अमेरिका- १७ करोड ४१ लाख ७३ हजार ५ सय ९४ जना

इन्डोनेसिया- १४ करोड ३१ लाख ४३ हजार ९ सय ४० जना

नाइजेरिया- ११ करोड ३३ लाख ४९ हजार ५ सय ६४ जना

ब्राजिल- १० करोड ६७ लाख ९० हजार ४ सय ३ जना

पाकिस्तान- ८ करोड ३६ लाख ४३ हजार ८ सय १५ जना

बंगालादेश- ७ करोड ७३ लाख ५५ हजार १ सय ६८ जना

रुस- ७ करोड २५ लाख १६ हजार ५ सय ३५ जना

जापान- ६ करोड ९३ लाख ८२ हजार ८९ जना

मेक्सिको- ६ करोड ९ लाख ५८ हजार ८ सय ८८ जना

भियतनाम- ५ करोड ७१ लाख ३३ हजार ४ सय ७६ जना

इथियोपिया- ५ करोड ४४ लाख ७० हजार २ सय ७८ जना

पिलिपिन्स- ५ करोड ९ लाख ७९ हजार २ सय ९० जना

जर्मनी- ४ करोड ३७ लाख ७२ हजार २ सय १३ जना

थाइल्यान्ड- ४ करोड ६ लाख २३ हजार १७ जना

डोमिनिकन गणतन्त्र कंगो- ३ करोड ८५ लाख ४६ हजार ३३ जना

टर्की- ३ करोड ६० लाख ८० हजार ८ सय १७ जना

बेलायत- ३ करोड ५३ लाख ५८ हजार ५ सय ३० जना

इजिप्ट- ३ करोड ३७ लाख ४८ हजार ७ सय ७६ जना


प्रकाशित : बुधबार, कात्तिक १२ २०८२१२:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend