शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

सेयर बजारमा दोहोरो अंकको वृद्धि, २ अर्ब ७९ करोडको कारोबार

आइतबार, कात्तिक २ २०८२
सेयर बजारमा दोहोरो अंकको वृद्धि, २ अर्ब ७९ करोडको कारोबार

सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहेको भए पनि लगानीकर्ता विश्वस्त देखिन सकेका छैनन्।

काठमाडौं- गएको साता उतारचढावबीच ९५ अंकले घटेको सेयर बजार यो साताको पहिलो कारोबारमा भने दोहोरो अंकले बढेको छ। तिहार बिदाअघिको अन्तिम कारोबार दिन आइतबार बजार १६.६७ अंकले बढेर २५०३.८५ बिन्दुमा उक्लिएको छ।

१६३ वटा कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब ७९ करोड ११ लाख रूपैयाँको कारोबार भएको छ। आज ७८ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ८ कम्पनीको स्थिर रहेको छ। 

नयाँ चुनावी सरकार बनेकाले चुनावसम्म बजारले गति समात्ने विश्लेषकहरूले बताइरहेका छन्। सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहेको छ।

सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहेको भए पनि लगानीकर्ता विश्वस्त देखिन सकेका छैनन्। राजनीतिक अस्थिरता देखिँदा बजारले लय समात्न मुस्किल भइरहेको छ।

पर्ख र हेरको सोचमा देखिएका लगानीकर्तामा बजारप्रतिको विश्वास फर्कँदै जाने विश्लेषकहरूले बताइरहेका छन्। आउने साता पनि बजार उतारचढावकै अवस्थाबाट अघि बढ्ने उनीहरुको भनाइ छ। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।


प्रकाशित : आइतबार, कात्तिक २ २०८२१५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend