शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

तिहार मनाउन ६ लाख मानिसले उपत्यका छाड्ने अनुमान

आइतबार, कात्तिक २ २०८२
तिहार मनाउन ६ लाख मानिसले उपत्यका छाड्ने अनुमान

देशभरका मुख्य राजमार्ग सुधार भइसकेकाले तिहार मनाउन टाढा जानेहरूले समस्या भोग्नु नपर्ने बताइएको छ।

काठमाडौं- शनिबारदेखि सुरु भएको तिहारका लागि करिब ६ लाख मानिसहरू काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यसपटक तिहारको बिदा लामो भएका कारण उपत्यका छोड्नेको सङ्ख्या बढ्ने अनुमान रहेको जनाएको हो।

महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले तिहारमा बाहिरिनेका लागि सहजरूपमा यातायात व्यवस्थापन हुने जानकारी दिए। 'यसपटक दसैँका समयमा कतिपयले भारी वर्षाका कारण सास्ती बेहोर्नुपर्‍यो, तर तिहारको समयमा राजमार्ग सुधार भइसकेका छन्। अब सास्ती बेहोर्नुपर्ने छैन', उनले भने।

सडक विभागका सूचना अधिकारी शुभाञ्जन दाहालले पनि देशभरका मुख्य राजमार्ग सुधार भइसकेकाले तिहार मनाउन टाढा जानेहरूले समस्या भोग्नु नपर्ने बताए।

'दसैँको समयमा बाढीपहिरोका कारण क्षतिग्रस्त राजमार्गमध्ये मेची राजमागस्थित माईखोला खुल्न बाँकी थियो। शनिबारबाट त्यो पनि सञ्चालनमा आइसकेको छ। अब राष्ट्रिय राजमार्गमा समस्या छैन', उनले भने, 'कुनै कारणले वा सुक्खा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने अवस्था आएमा पनि तत्काल सडक सञ्चालन गर्न हामी तयारी अवस्थामा छौँ।' रासस


प्रकाशित : आइतबार, कात्तिक २ २०८२१३:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend