शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

सिटिजन लाइफ इन्स्योरेन्सको आठौँ वार्षिकोत्सवमा देशव्यापी सामाजिक उत्तरदायित्व कार्यक्रम

आइतबार, कात्तिक २ २०८२
सिटिजन लाइफ इन्स्योरेन्सको आठौँ वार्षिकोत्सवमा देशव्यापी सामाजिक उत्तरदायित्व कार्यक्रम

कम्पनीले आगामी दिनहरूमा पनि बीमा सचेतना, स्वास्थ्य, शिक्षा, वातावरण र समावेशी विकासका क्षेत्रमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

काठमाडौं- जीवन बीमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्सले देशव्यापी सामाजिक उत्तरदायित्व कार्यक्रम गरी आफ्नो आठौँ वार्षिकोत्सव मनाइरहेको छ। वार्षिकोत्सवको अवसरमा देशका विभिन्न स्थानहरूमा स्थानीय समुदायसँग नजिकिएर सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ।

वार्षिकोत्सवको मुख्य विषयवस्तुका रूपमा कम्पनीले यसवर्ष आफ्ना सबै शाखा कार्यालयहरूमा 'विविधता र समावेशीकरण दिवस' मनाएको छ, जसअन्तर्गत कर्मचारीहरूले आफ्ना सांस्कृतिक पहिचान झल्काउने भेषभूषा र परम्परासँगै कार्यस्थलमा एकता, सद्भाव र परस्पर सम्मानको सन्देश प्रवाह गरेको कम्पनीको भनाइ छ।

साथै, कम्पनीले यसवर्ष देशभर १६ स्थानमा रक्तदान कार्यक्रम, ६ स्थानमा बीमा सचेतना र्‍याली तथा घर-घरमा बीमा जानकारी अभियान, ३ स्थानमा सरसफाइ तथा डस्टबिन हस्तान्तरण कार्यक्रम, ११ स्थानमा अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण, १ स्थानमा निःशुल्क स्वास्थ्य शिविर, १० स्थानमा विपन्न बालबालिकाहरूलाई न्यानो कपडा वितरण, र ७ स्थानमा ३५० बिरुवा रोपण कार्यक्रम पनि गरेको जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने, 'हाम्रो आठौँ वार्षिकोत्सव केवल उत्सव होइन, समाजसँगको सम्बन्ध पुनः पुष्टि गर्ने अवसर हो। हामीले विश्वास, विविधता र सामाजिक उत्तरदायित्वका माध्यमबाट बीमा सेवा विस्तार गर्दै सुरक्षित जीवन र समृद्ध भविष्यको लक्ष्यतर्फ दृढतापूर्वक अघि बढिरहेका छौँ।'

कम्पनीले विगत आठ वर्षको यात्रामा ग्राहकको विश्वास, साझेदारहरूको साथ र कर्मचारीहरूको समर्पणलाई आफ्नो सबलता मानेर बीमा सेवाको पहुँच विस्तार, डिजिटल सुधार र सामाजिक दायित्वका कार्यक्रमहरूलाई निरन्तर अघि बढाउँदै आएको जनाएको छ। कम्पनीले आगामी दिनहरूमा पनि बीमा सचेतना, स्वास्थ्य, शिक्षा, वातावरण र समावेशी विकासका क्षेत्रमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।


प्रकाशित : आइतबार, कात्तिक २ २०८२११:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend