शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

शिवम् होल्डिङ्सको चौथो वार्षिक साधारणसभा सम्पन्न

आइतबार, कात्तिक २ २०८२
शिवम् होल्डिङ्सको चौथो वार्षिक साधारणसभा सम्पन्न

उद्योग हाल पूर्ण क्षमतामा सञ्चालनमा रही पछिल्ला पाँच वर्षदेखि निरन्तर लाभांश वितरण गर्दै आएको छ।

काठमाडौं- शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/०८२ का लागि सेयरधनीहरूलाई ११ करोड ६० लाख रूपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

साथै, आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्नेलगायत सभासमक्ष प्रस्तुत सबै प्रस्तावहरू एकमतले पारित गर्दै वार्षिक साधारण सभा सम्पन्न भएको कम्पनीले जनाएको छ।

शिवम् होल्डिङ्स लिमिटेड, नेपालमा सर्वाधिक रुचाइएको शिवम् ब्रान्डको ओपीसी सिमेन्ट उत्पादन गर्ने शिवम् सिमेन्ट्स लिमिटेडको ८५ प्रतिशत सेयर स्वामित्व रहेको कम्पनी हो। बाँकी १५ प्रतिशत सेयर नेपालका विभिन्न क्षेत्रमा सफल उद्यमी तथा व्यवसायीहरूको व्यक्तिगत लगानीमा रहेको छ।

यस कम्पनीले आर्थिक वर्ष २०७८/०७९ देखि लगातार चौथो पटक (२०८१/०८२ सम्म) सेयरधनीहरूलाई लाभांश वितरण गर्दै आएको छ। कम्पनीको हालको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रूपैयाँ रहेको छ।

साथै, कम्पनीले २० प्रतिशत बराबरको १ अर्ब १६ करोड रूपैयाँ मूल्यका सेयरहरू सर्वसाधारणमा प्रिमियम मूल्यमा निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरिसकेको र हाल स्वीकृतिको प्रतीक्षामा रहेको जानकारी गराएको छ।

उद्योग हाल पूर्ण क्षमतामा सञ्चालनमा रही पछिल्ला पाँच वर्षदेखि निरन्तर लाभांश वितरण गर्दै आएको छ।


प्रकाशित : आइतबार, कात्तिक २ २०८२११:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend