शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

उपभोक्तालाई स्वच्छ खाना उपलब्ध गराउन व्यवसायीलाई काठमाडौं महानगरको आग्रह

शनिबार, कात्तिक १ २०८२
उपभोक्तालाई स्वच्छ खाना उपलब्ध गराउन व्यवसायीलाई काठमाडौं महानगरको आग्रह

अन्य समयमा कहिलेकाहीँ मात्रै बजार अनुगमन गर्ने कामपाले चाडपर्व लागेसँगै बजार अनुगमन नियमित रूपमा गरिरहेको छ।

काठमाडौं- नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाउँदै उपभोक्तालाई स्वच्छ खाना उपलब्ध गराउन सम्बन्ध भएको सबैलाई आग्रह गरेको छ। महानगरभित्रका मिठाइ व्यवसाय सञ्चालक तथा व्यवसायसँग सम्बन्धित श्रमिकप्रति लक्षित गर्दै कामपाले आग्रह गरेको हो।

‘स्वच्छ खाना : उत्कृष्ट व्यापार’ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्न अनुरोध गरिएको कामपाको कृषि तथा पशुपक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेले भने। न्यौपानेले भने, 'तिहारमा अघिका प्रयोग गरिने मिठाइजन्य खाद्य वस्तुलाई सुरक्षित, स्वच्छ र उपभोक्तामैत्री बनाउन व्यवसायीहरूमा कानूनको पालना गर्दै स्वच्छ खाना उपलब्ध गारउनुपर्छ।'

कामपाले  प्राविधिक र स्वच्छता मिठाइ व्यवसायसँग सम्बन्धित कानूनी प्रावधान, व्यवसाय सञ्चालनका क्रममा अपनाइने अभ्यास, खाद्य स्वच्छता कायम राख्ने तरिका, मिठाइमा प्रयोग गरिने रंग र सामग्री, बिक्रीवितरण र प्रशोधनस्थलको अवस्था, आवश्यक भौतिक संरचना, लेबलिङ प्रक्रिया परीक्षण आदिबारे विस्तृत प्रशिक्षण समेत दिईसकेको छ।

कामपाका खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका सल्लाहकार सन्तोष गिरीका अनुसार महानगरले व्यवसाय सुधारका लागि सशक्तीकरण, अनुगमन र नियमनलाई विशेष प्राथमिकता दिएको छ। कामपाले मिठाइ व्यवसायीहरूमा स्वच्छता र गुणस्तरप्रतिको चेतना बढाउने अपेक्षासमेत गरेको छ।

आगामी दिनमा यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई नियमितरूपमा निरन्तरता दिने योजना बनाएको छ। अन्य समयमा कहिलेकाहीँ मात्रै बजार अनुगमन गर्ने कामपाले चाडपर्व लागेसँगै बजार अनुगमन नियमित रूपमा गरिरहेको छ।

केही दिनअघि नयाँ बानेश्वर क्षेत्रमा रहेका साना होटेल तथा रेष्टुराँ व्यवसायमा अनुगमन गर्दा अधिकांश व्यवसाय मापदण्डविपरीत सञ्चालनमा रहेका पाइएको पनि कामपाले जानकारी दिएको छ। प्रमुख न्यौपानेका अनुसार कानूनविपरीत सञ्चालन गरिएको व्यवसायलाई नियमअनुसार आउन निर्देशन दिइएको र अटेर गरे कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।

सङ्क्रमण सानो लापारबाहीबाट पनि फैलिन सक्ने भएकाले सरसफाइमा ध्यान दिनु व्यवसायीकै हितमा पर्ने भन्दै प्रमुख नुरनिधि न्यौपाने भन्छन्, 'महानगर अनुगमन गरेर व्यवसायीलाई तर्साउन चाहँदैन, सबैले आफ्नो कर्तव्य र जिम्मेवारी नबिर्सौँ, सरसफाइमा ध्यान दिनु उपभोक्ता र व्यवसायी दुवैको फाइदाको कुरा हो।' रासस


प्रकाशित : शनिबार, कात्तिक १ २०८२१३:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend