शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

नेपाल भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री रामेश्वर खनालको आग्रह

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ३१ २०८२
नेपाल भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री रामेश्वर खनालको आग्रह

मन्त्री खनालले पर्यटकहरूलाई सदैव न्यानो आथित्यता प्रदान गर्न  र विश्वस्तरको उत्कृष्ट सेवा प्रदान गर्ने बताए।

अमेरिका- अर्थमन्त्री रामेश्वर खनालले नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी देश भएकाले नेपाल भ्रमणको लागि विश्व समुदायलाई आग्रह गरेका छन्।

बिहीबार विश्व बैंक समूहले यहाँ आयोजना गरेको ‘दिगो पर्यटनः रोजगारी, जीवनयापन आर्थिक वृद्धिको लागि विषयक’ छलफल कार्यक्रममा भाग लिँदै मन्त्री खनालले उक्त धारणा राखेका हुन्।

कार्यक्रममा भाग लिँदै मन्त्री खनालले पर्यटकहरूलाई सदैव न्यानो आथित्यता प्रदान गर्न  र विश्वस्तरको उत्कृष्ट सेवा प्रदान गर्ने बताए। कार्यक्रममा विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। 


प्रकाशित : शुक्रबार, असोज ३१ २०८२११:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend