काठमाडौं- चाडपर्वमा रंगिन देखिने काठमाडौं मैतीदेवी तिहार नजिकिँदै गर्दा झिलिमिलीले गुलजार बनेको छ। मन्दिर र त्यसवरपर घरका साथै सडक नै झिलिमिली बनाइँदा तिहारको उल्लास देखिएको छ।
तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ। तिहारमा दियोबत्तीका साथै आधुनिक झिलिमिली बिजुली बत्ती बालेर घरलाई यज्यालो पारिन्छ। फूलको मालाले सिंगारिन्छ।
लक्ष्मीपूजाको साँझसम्म त काठमाडौं उपत्यकामा हरेक घर नै उज्यालो देखिन्छ। परम्परागत दियो बाल्ने चलन हिजोआज लोप भएर आधुनिक झिलिमिली बत्तीले ठाउँ पाएको छ। जसले यतिबेला काठमाडौं उपत्यकाका बजारहरु रंगीन हुन थालेका छन्। मैतीदेवी आसपास बजार नै रंगीन बनाइएको छ।