शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

चितवनमा फूल आयात रोक्न माग

बिहीबार , असोज ३० २०८२
चितवनमा फूल आयात रोक्न माग

फ्लोरिकल्चर एसोसिएसन चितवनले प्रत्येक मालाको एकसय रूपैयाँ मूल्य कायम गरेको छ।

चितवन- जिल्लामा फूल आयात रोक्न फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाले माग गरेको छ।

शाखाले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई आज ज्ञापनपत्र बुझाउँदै जिल्लामा तिहारका लागि आवश्यक फूल तयार रहेकाले आयातित फूल र माला रोक्न माग गरेको हो। एसोसिएसनले प्रत्येक मालाको एकसय रूपैयाँ मूल्य कायम गरेको छ। 

एसोसिएसनका सचिव सुलभ श्रेष्ठले जिल्लामा आयातित फूल मालासहित प्लाष्टिकजन्य मालामा रोक लगाउन माग गरे। उनका अनुसार जिल्लामा तिहारका लागि ४० बिघा क्षेत्रफलमा फूल उत्पादन तयार छ।

उनले भने, 'जिल्लामा तीन लाख माला आवश्यक पर्छ। त्यो पूर्ति यहीँको फूलले हुने भएकाले आयातित फूल र माला रोकियोस्।'

ज्ञापनपत्रमा भनिएको छ, 'बजार अनुगमन गरी स्वादेशी उत्पादनलाई प्राथमिकता दिन हामी माग गर्छौँ।'

एसोसिएसनका अध्यक्ष तेजेन्द्रप्रसाद सापकोटाले आयातित मालामा सुतरीको धागो प्रयोग गरिने र फूलहरू क्वारेन्टाइन पास नगरी आउने बताए।

प्रमुख जिल्ला अधिकारी अर्यालले आयातित फूलमाला रोक्न व्यावसायीको सक्रियता आवश्यक रहेको बताए। आयातित फूल र माला रोक्न र प्रतिबन्धित वस्तु बिक्रीवितरण गरेमा कारबाही गर्न स्थानीय प्रशासन तयार रहेको उनको भनाइ छ। रासस


प्रकाशित : बिहीबार , असोज ३० २०८२१२:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend