शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

मालपोत कार्यालय कास्कीद्वारा आजदेखि सेवा सुरु

बिहीबार , असोज ३० २०८२
मालपोत कार्यालय कास्कीद्वारा आजदेखि सेवा सुरु

कार्यालयमा रहेका झन्डै ८० प्रतिशत कागजात पूर्णरूपमा नष्ट भएकाले समस्या भएको मालपोत अधिकृत बताउँछन्।

गण्डकी- जेनजी प्रदर्शनका क्रममा आगजनी एवं तोडफोडबाट क्षतिग्रस्त मालपोत कार्यालय कास्कीले आजदेखि सेवा सुरु गरेको छ।

कार्यालयले अत्यावश्यकीय सेवाका साथै नियमित सेवा सुरु गरेको मालपोत अधिकृत शोभाखर पोख्रेलले जानकारी दिए।

कार्यालय क्षतिग्रस्त भएपछि यहाँस्थित सेवाग्राहीलाई प्रतीक्षालयबाट सेवा दिन सुरु गरिएको जानकारी दिँदै उनले अत्यावश्यक सेवा भनिए पनि सेवाग्राहीलाई सकेसम्म सबै सेवा उपलब्ध गराइने उद्देश्य राखिएको बताए। कार्यालयमा रहेका झन्डै ८० प्रतिशत कागजात पूर्णरूपमा नष्ट भएकाले समस्या भएको उनको भनाइ छ।

आन्दोलनका क्रममा कार्यालयमा रहेकामध्ये पोखरा महानगरपालिका-११, १२, १३ सहित मौजा, हेम्जाका कागजात जोगिए पनि अन्य सबैजसो वडाका कागजातहरू डढेको उनले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , असोज ३० २०८२१२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend