शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

पर्सामा १ अर्ब ६२ करोड पुँजीका ९६३ घरेलु उद्योग दर्ता

बुधबार, असोज २९ २०८२
पर्सामा १ अर्ब ६२ करोड पुँजीका ९६३ घरेलु उद्योग दर्ता

कार्यालयका अनुसार गत आवमा जिल्लामा उत्पादकमूलक उद्योगतर्फ दुईसय १८ नयाँ उद्योग दर्ता भएका छन्।

पर्सा- गत आर्थिक वर्षमा पर्सामा १ अर्ब ६२ करोड ५६ लाख ८५ हजार ५०० रूपैयाँ लगानी गर्ने भन्दै ९६३ वटा नयाँ घरेलु उद्योग दर्ता भएका छन्।

गत आवमा दर्ता भएका ती घरेलु उद्योगको स्थिर पुँजीतर्फ १ अर्ब करोड ७७ लाख नौ हजार ३६० रहेको छ। त्यस्तै चालु पुँजीतर्फ भने ६७ करोड ४४ लाख सात हजार पाँचसय ४० रूपैयाँ रहेको छ।

घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्जका प्रमुख उद्योग अधिकृत पवन पञ्जीयारले गत आवमा दर्ता भएका ९६३ घरेलु उद्योगले दुई हजार ८९८ जनालाई रोजगारी सिर्जना गर्ने बताए।

'पर्सा जिल्लामा घरेलु उद्योग दर्ता गर्ने उद्यमीहरूको सङ्ख्यामा वृद्धि भइरहेको छ। गत आवमा दर्ता भएका घरेलु उद्योगले एक हजार ७३७ पुरुष र एक हजार १६१ जना महिलालाई रोजगारी दिने जनाएका छन्', उनले भने।

कार्यालयका अनुसार गत आवमा जिल्लामा उत्पादकमूलक उद्योगतर्फ दुईसय १८ नयाँ उद्योग दर्ता भएका छन्। ती उद्योगको कुल पुँजी भने ४३ करोड ८२ लाख रूपैयाँ रहेको छ। कृषि तथा वन अन्य उद्योगतर्फ भने एकसय ४४ वटा उद्योग दर्ता हुँदा ती उद्योगको कुल पुँजी ३९ करोड ३५ लाख रूपैयाँ रहेको पञ्जीयारले जानकारी दिए।

उनका अनुसार निर्माणतर्फ कुल पुँजी १० करोड ३३ लाख रूपैयाँ रहने गरी ७५, पर्यटन उद्योगतर्फ कुल पुँजी दुई करोड २३ लाख रूपैयाँ रहने गरी एकसय छ, सेवातर्फ कुल पुँजी भने ६६ करोड ८२ लाख रूपैयाँ रहने गरी चारसय २० वटा नयाँ उद्योग दर्ता भएका छन्। रासस


प्रकाशित : बुधबार, असोज २९ २०८२१६:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend