शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

उद्योग-व्यवसाय चलायमान बनाउन बूढानीलकण्ठ नगरपालिकाको पहल

मंगलबार, असोज २८ २०८२
उद्योग-व्यवसाय चलायमान बनाउन बूढानीलकण्ठ नगरपालिकाको पहल

नगरपालिकाले उद्योग-व्यावसायीले हाल भोगिरहेका समस्याबारे जानकारी लिएर आफ्नोतर्फबाट गर्नुपर्ने सहजीकरणका लागि परामर्श गरेको नगरप्रमुख मीठाराम अधिकारीले जानकारी दिए।

काठमाडौं- जेनजी आन्दोलनपछिको अवस्थामा उद्योग-व्यवसाय चलायमान बनाउने विषयमा बूढानीलकण्ठ नगरपालिकाले उद्योगी-व्यवसायीसँग अन्तरक्रिया गरेको छ।

नगरपालिकाले उद्योग-व्यावसायीले हाल भोगिरहेका समस्याबारे जानकारी लिएर आफ्नोतर्फबाट गर्नुपर्ने सहजीकरणका लागि परामर्श गरेको नगरप्रमुख मीठाराम अधिकारीले जानकारी दिए। भदौ २४ गतेको तोडफोड र आगजनीको घटनाले उद्योग-व्यावसायलाई प्रतिकूल असर परेको उनको भनाइ छ।

नगरपालिकाका उपप्रमुख अनिता लामाले लगानी गर्ने श्रम, समय र पैसाले अर्थतन्त्रको विकास हुने भएकाले सबैले उत्पादन र रोजगारीसँग जोडिन आवश्यक भएको बताइन्।

प्रमुख प्रशासकीय अधिकृत अजय बर्ताैलाले उद्योगी व्यवसायीलाई पारदर्शी र मर्यादित भएर व्यवसाय गर्न सुझाव दिए।

उद्योगी सुन्दरबहादुर खड्काले सार्वजनिक क्षेत्रको संरक्षणलाई थप प्राथमिकतामा राख्न आग्रह गरे।

पश्मिना उद्योगी गणेशकुमार खड्काले नगरस्तरीय औद्योगिक क्षेत्र बनाइदिन माग गरे।

कपनकी होमस्टे व्यवसायी शारदा आचार्यले यातायातको समस्या समाधानका लागि आग्रह गरिन्। रासस


प्रकाशित : मंगलबार, असोज २८ २०८२१५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend