शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

कारागारबाट भागेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिनेलाई पनि कारबाही गरिने

सोमबार, असोज २७ २०८२
कारागारबाट भागेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिनेलाई पनि कारबाही गरिने

कैदीबन्दीलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई कसुरदार ठानी प्रचलित कानूनबमोजिम कारबाही गरिने कारागारद्वारा जारी सूचनामा उल्लेख छ।

महोत्तरी- जेनजीको आन्दोलनको मौका छोपी गत भदौ २४ गते महोत्तरी जिल्लाको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई कानूनबमोजिम कारबाही गरिने भएको छ।

कारागार कार्यालय जलेश्वरले एक सूचना जारी गर्दै सो कारागारबाट भागेका सबै ५७६ कैदीबन्दीलाई यही असोज २० गतेसम्म फर्किन अनुरोध गरेकामा नौ भारतीयसहित २८१ जना फर्केर आइसकेका तथा अझै २९५ कैदीबन्दी आउन बाँकी रहेको जनाएको छ।

कारागारका जेलर अशोक क्षेत्रीले तोकिएको अवधिभित्र फर्केर नआउने फरार कैदीबन्दीउपर कारागार ऐन २०७९ र नेपालको प्रचलित कानूनबमोजिम कारबाही हुने बताए।

कैदीबन्दीलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई कसुरदार ठानी प्रचलित कानूनबमोजिम कारबाही गरिने कारागारद्वारा जारी सूचनामा उल्लेख छ।

गत भदौ २४ गते राति जलेश्वर कारागारमा रहेका ४० भारतीयसहित ५७६ कैदीबन्दी फरार भएका थिए। जलेश्वर कारागारबाट भागेकामध्ये १३ कैदीबन्दीलाई भारततर्फ भाग्दै गरेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरी पुनः कारागार फर्काउन मद्दत गरेका थिए। रासस


प्रकाशित : सोमबार, असोज २७ २०८२१३:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend