महेन्द्रनगर- जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले झण्डै २९ लाख रुपैयाँबराबरका पटकासहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले भीमदत्त नगरपालिका-३ का ४९ वर्षीय खडक पाललाई विभिन्न प्रकारका पटाकासहित पक्राउ गरेको प्रहरी उपरीक्षक खड्क खत्रीले जानकारी दिए। उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा पालको घरमा छापा मारेको थियो।
'पालको घरमा खानतलासी गर्दा विस्फोटक पदार्थ भेटिएको हो', उनले भने, 'अदालतबाट म्याद लिएर विस्फोटक पदार्थ ऐनअनुसार कार्बाही प्रक्रिया अघि बढ्छ।'
उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तिहार नजिकिएसँगै सीमानाकाबाट विस्फोटक पदार्थ भित्रिन सक्ने भन्दै प्रहरी नाकामा निगरानी बढाएको छ। रासस