शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

इजरायली अधिकारीले परिवारजनलाई भने - विपिन जोशी जीवित छैनन्

सोमबार, असोज २७ २०८२
इजरायली अधिकारीले परिवारजनलाई भने - विपिन जोशी जीवित छैनन्

हमास समूहले आज आफ्नो कब्जामा रहेका २० जना बन्दी इजरायललाई हस्तान्तरण गर्दैछ। तर तीमध्ये जोशी नरहेको इजरायली अधिकारीहरूले बताएका छन्।

काठमाडौं- हमास समूहको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशी जीवित नरहेको इजरायली अधिकारीहरूले पुष्टि गरेका छन्।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र सेनाको कमाण्डरले अमेरिकामा रहेकी विपिनकी आमा र बहिनीलाई तथा नेपालमा रहेका आफन्त किशोर जोशीलाई आज बिहान यो जानकारी दिएका हुन्।

राजदूत पण्डितले टेलिफोनमार्फत् जानकारी दिँदै भने, 'विपिन जोशी जीवित हुनुहुन्न भन्ने दुःखद् खबर औपचारिकरूपमा प्राप्त भयो। इजरायली अधिकारीहरूले सुरुमा मलाई जानकारी दिए, त्यसपछि परिवारजनलाई औपचारिक रूपमा सूचित गरिएको हो। तर उनको शवबारे यकिन विवरण प्राप्त भएको छैन।'

नयाँ पत्रिका दैनिकका पत्रकार पर्शुराम काफ्लेले राजदूतसँगको कुराकानीमा त्यस्तो जानकारी आएको उल्लेख गरेका छन्।

२०७९ असोज २३ (२०२३ अक्टोबर ७) मा हमासको आक्रमणका क्रममा दक्षिण इजरायलस्थित किबुज आलुमिमबाट जोशीलाई अपहरण गरिएको थियो। त्यसपछि केही महिनापछि मंसिरमा उनी जीवित रहेको देखिने भिडियो सार्वजनिक भएको थियो।

हमास समूहले आज आफ्नो कब्जामा रहेका २० जना बन्दी इजरायललाई हस्तान्तरण गर्दैछ। तर तीमध्ये जोशी नरहेको इजरायली अधिकारीहरूले बताएका छन्।

नेपाल सरकारका तर्फबाट राजदूत पण्डितले विपिन जोशीको निधनप्रति दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेका छन्।


प्रकाशित : सोमबार, असोज २७ २०८२११:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend