शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

भेपमा सुन राखेर तस्करी : कृष्णबहादुर महरा पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज २६ २०८२
भेपमा सुन राखेर तस्करी : कृष्णबहादुर महरा पक्राउ

भेपमा सुन राखेर अवैध रूपमा त्रिभुवन विमानस्थल हुँदै नेपाल ल्याउँदै गरेको अवस्थामा जफत भएकामा त्यसलाई बेचबिखन गरी महराले लाभ लिएको आरोप छ।

काठमाडौं- भेपमा सुन राखेर तस्करी गरेको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज आइतबार उनलाई पक्राउ गरेको हो। 

ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी शिवकुमार श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा सुन बेचबिखन गरी आपराधिक समूह बनाइ संगठित रुपमा लाभ लिएको अभियोगमा उनलाई पक्राउ गरिएको उल्लेख छ। 

विज्ञप्तिमा विसं २०७९ पुष १० गते दुबईबाट नेपाल आएका चिनियाँ नागरिक ली हानसोङ्गले दुईवटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० इलेक्टिक सिगरेट (भेप) मा सुन राखेर अवैध रूपमा त्रिभुवन विमानस्थल हुँदै नेपाल ल्याउँदै गरेको अवस्थामा जफत भएकामा त्यसलाई बेचबिखन गरी महराले लाभ लिएको आरोप छ। 

'उक्त सुन त्रिभुवन अन्तरराष्ट्रिय भन्सारको स्टोरमा राखिएकामा उक्त कार्यालयका नायब सुब्बा रेवन्त खड्कासमेतले आफ्नो जिम्मा र संरक्षण रहेको नेपाल सरकारको गोदामबाट उक्त सुनसहितको सिगरेटमा रहेको आठ करोड ५५ लाख २८ हजार ३७४ बराबरको सुन बेचबिखन गरी आपराधिक समूह बनाइ संगठितरूपमा लाभ लिएको देखिएकाले भन्सार ऐन, २०६४ तथा आपराधिक लाभ र संगठित अपराधमा संलग्न महरालाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको छ', विज्ञप्तिमा भनिएको छ।


प्रकाशित : आइतबार, असोज २६ २०८२१८:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend