शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

सानोदुम्माका ९० प्रतिशत नागरिक विद्युतको पहुँचमा

आइतबार, असोज २६ २०८२
सानोदुम्माका ९० प्रतिशत नागरिक विद्युतको पहुँचमा

केही दुर्गम बस्तीमा पोल र तारको अभावमा विद्युत विस्तारमा ढिलाइ भएको वडाध्यक्ष राईको भनाइ छ।

भोजपुर- पौवादुङमा गाउँपालिका-५ सानोदुम्माका करिब ९० प्रतिशत नागरिक अहिले केन्द्रीय विद्युतको पहुँचमा पुगेका छन्। भौगोलिक रूपमा विकट मानिने यस वडामा स्थानीय तहको पहलमा घरघरमा बत्ती बलेको हो। 

वडाध्यक्ष बोमप्रसाद राईका अनुसार विद्युत् विस्तारको शून्य अवस्थाबाट सुरु गरिएको अभियान अहिले अन्तिम चरणमा पुगेको छ। 'दुई बस्तीका ११ घरमा मात्र बत्ती पुग्न बाँकी छ। ती घरमा पनि चाँडै जडान गरिने तयारी भइरहेको छ', उनले भने।

केही दुर्गम बस्तीमा पोल र तारको अभावमा विद्युत विस्तारमा ढिलाइ भएको वडाध्यक्ष राईको भनाइ छ। बाँकी रहेका घरमा पनि विद्युत् विस्तार गरी वडालाई ‘पूर्ण उज्यालो वडा’ घोषणा गर्ने लक्ष्य राखिएको छ। 

विद्युत विस्तारसँगै वर्षौँदेखि टुकी र सोलारमा निर्भर रहँदै आएका स्थानीयले सहजता अनुभव गरेका छन्। 'अब अँध्यारो हटेको छ', स्थानीय हर्कराज राईले भने, 'गाउँमै टेलिभिजन, इन्टरनेट चलाउन सकेका छौँ।' अब सूचना तथा सञ्चारको पहुँच विस्तारसँगै गाउँलेले देशविदेशको खबर र सूचना सजिलै थाहा पाउने उनको भनाइ छ। रासस


प्रकाशित : आइतबार, असोज २६ २०८२१०:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend