शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

‍कार्यालय मर्मतपछि राजस्व संकलन सुरु

शनिबार, असोज २५ २०८२
‍कार्यालय मर्मतपछि राजस्व संकलन सुरु

गत भदौ २३ र २४ गतेको जेनजीको प्रदर्शनका क्रममा जनकपुरधामस्थित विभिन्न कार्यालयमा तोडफोड तथा आगजनीको भएको थियो।

जनकपुरधाम- जेनजीको प्रर्दशनका क्रममा आगजनी तथा तोडफोडका कारण क्षतिग्रस्त भइ सेवा बन्द भएको आन्तरिक राजस्व कार्यालयबाट आजदेखि राजस्व संकलन तथा सेवा प्रवाहको कार्य सुरु भएको छ।

उक्त कार्यालयको भौतिक सामग्रीको खरिद, मर्मतसम्भार, सरसफाइ तथा रंगरोगन गरी कार्यालय सञ्चालन भएको सो कार्यालयले जनाएको छ। गत भदौ २३ र २४ गतेको जेनजीको प्रदर्शनका क्रममा जनकपुरधामस्थित विभिन्न कार्यालयमा तोडफोड तथा आगजनीको भएको थियो। 

आगजनी तथा तोडफोडबाट कार्यालयको करिब दुई करोड ५० लाख रूपैयाँ बराबरको भौतिक सम्पत्ति जलेर नष्ट भएको कार्यालय प्रमुख आनन्दप्रसाद गुप्ताले जानकारी दिए।

सो क्रममा कार्यालय हाताभित्र रहेको चारपांग्रे दुई गाडी तथा पाँच मोटरसाइकल, फर्निचर, कम्प्युटर, ल्यापटप तथा कागजपत्र, राजस्व स्टिकर, पाले घरलगायत कार्यालयका कोठा जलेर नष्ट भएका थिए।

कार्यालय मर्मत सुधार भएपछि बिस्तारै सेवा सुरु गरिएको तथा सेवाग्रही राजस्व बुझाउन आउन थालेका छन्। रासस


प्रकाशित : शनिबार, असोज २५ २०८२१४:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend