शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

राहतदेखि पुनर्निर्माणसम्मको काम सरकारको प्राथमिकतामा छ : मन्त्री घिसिङ

शनिबार, असोज २५ २०८२
राहतदेखि पुनर्निर्माणसम्मको काम सरकारको प्राथमिकतामा छ : मन्त्री घिसिङ

गत असोज १८ गते रातिको भीषण वर्षापछि ठूलो जनधनको क्षति भएकाले सरकारले इलामलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

इलाम- भौतिक योजना तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारको प्राथमिकतामा राहत र पुनर्निर्माण रहेको बताएका छन्।

आज बाढीपहिरो प्रभावित इलामको स्थलगत निरीक्षणपछि उनले भने, 'सरकार प्रभावित नागरिकसँगै छ, तत्कालीन राहत र दीर्घकालीन पुनर्निर्माणका काम अघि बढाइनेछ।'

रोङ गाउँपालिका, सूर्योदय नगरपालिका हुँदै इलाम नगरपालिका-१० राजदुवाली आइपुगेका मन्त्री घिसिङले इलाम, सन्दकपुर, माईजोगमाई र वरपरका बस्तीमा पुगेर स्थानीयवासीसँग क्षति र राहत व्यवस्थाबारे जानकारी लिनेछन्।

उनले राजदुवाली सडक, मिल घुम्तीलगायतका क्षतिग्रस्त सडक र संरचनाको अवस्था अवलोकन गरेका छन्।

गत असोज १८ गते रातिको भीषण वर्षापछि ठूलो जनधनको क्षति भएकाले सरकारले इलामलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

बाढी र पहिरोका कारण अहिलेसम्म इलाममा ३९ जनाको मृत्यु भएको छ। रासस

प्रकाशित : शनिबार, असोज २५ २०८२१३:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend