शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

गत आवमा पर्सामा ९६३ उद्योग दर्ता

बिहीबार , असोज २३ २०८२
गत आवमा पर्सामा ९६३ उद्योग दर्ता

गत आवमा प्राइभेट फर्म दर्तातर्फ उद्योगमा ८८८ वटा, साझेदारी उद्योगतर्फ १५ वटा र प्राइभेट लिमिटेडतर्फ ६० नयाँ उद्योग दर्ता भएका हुन्।

वीरगञ्ज- पर्सामा गत आर्थिक वर्षमा ९६३ वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन्। आव २०८०/८१ को तुलनामा गत आवमा ६६ वटा बढी घरेलु तथा साना उद्योग दर्ता भएका हुन्।

आव २०८०/८१ मा भने ८९७ वटा घरेलु तथा साना उद्योग दर्ता भएका थिए। घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत पवन पञ्जीयारले जिल्लामा घरेलु तथा साना उद्योग दर्तामा उत्साहजनक रहेको जानकारी दिए।

'यहाँका महिला तथा पुरुषले नयाँ उद्यमशीलताको विकासको लागि अग्रसरता देखाइरहनुभएको छ', उनले भने, 'आर्थिक नगरी भएकाले पनि नयाँ घरेलु तथा साना उद्योग दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको हो।'

कार्यालयका अनुसार गत आवमा पर्सामा वाणिज्यतर्फ ७५८ जना उद्योग दर्ता भएका छन्। गत आवमा प्राइभेट फर्म दर्तातर्फ उद्योगमा ८८८ वटा, साझेदारी उद्योगतर्फ १५ वटा र प्राइभेट लिमिटेडतर्फ ६० नयाँ उद्योग दर्ता भएका हुन्।

गत आवमा प्राइभेट फर्म दर्तातर्फ वाणिज्यमा सातसय ५३, साझेदारी फर्म दर्तातर्फ पाँच रहेका छन्। प्रमुख उद्योग अधिकृत पञ्जीयारका अनुसार गत आवमा उद्योगतर्फ एक हजार ५९८ वटा फर्मले नवीकरण गरेका छन्।

वाणिज्यतर्फ एक हजार ३९२ वटा फर्मले नवीकरण गरेका छन्। गत आवमा २१० उद्योगको दर्ता खारेजी भएको छ। रासस


प्रकाशित : बिहीबार , असोज २३ २०८२१०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend