शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

बाढीले बगाएको बिपी राजमार्गमा अस्थायी डाइभर्सन बनाउन थालियो, मन्त्री घिसिङद्वारा क्षतिग्रस्त क्षेत्रको अनुगमन

बिहीबार , असोज २३ २०८२
बाढीले बगाएको बिपी राजमार्गमा अस्थायी डाइभर्सन बनाउन थालियो, मन्त्री घिसिङद्वारा क्षतिग्रस्त क्षेत्रको अनुगमन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बाढीपहिरोले क्षति पुर्‍याएको विपी राजमार्गका विभिन्न खण्डको स्थलगत अनुगमन गरेका छन्।

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बाढीपहिरोले क्षति पुर्‍याएको बिपी राजमार्गका विभिन्न खण्डको स्थलगत अनुगमन गरेका छन्। उनीसँगै मन्त्रालयका सचिव केशव शर्मा र सडक विभागका महानिर्देशक विजय जैसी पनि अनुगमन टोलीमा सहभागी छन्।

बाढीले क्षतिग्रस्त बनाएको चौकीडाँडालगायत करिब ४ किलोमिटर सडकमा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गर्ने तयारी भइरहेको मन्त्री घिसिङले जानकारी दिए।

संघीय राजधानी काठमाडौंलाई बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरूसँग जोड्ने यो ‘लाइफ लाइन’ सडकलाई सकेसम्म छिटो सञ्चालनमा ल्याउन उनले सडक विभागका अधिकारी र निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्।

गत वर्षको बाढीले विपी राजमार्गको भकुण्डे–नेपालथोक खण्डमा ठूलो क्षति पुर्‍याएको थियो। सो खण्डमा तत्काल अस्थायी डाइभर्सन बनाएर सञ्चालन गरिएको थियो। तर यस वर्षको बाढीले सो क्षेत्रकै करिब ४ किलोमिटर सडक पुनः पूर्ण रूपमा बगाएको छ।

गत वर्ष क्षति पुगेका खण्डको स्थायी पुनर्निर्माणका लागि केही ठेक्का सम्झौता भइसकेको र बाँकी खण्डको ठेक्का सम्झौता अन्तिम चरणमा रहेको सडक विभागले जनाएको छ।


प्रकाशित : बिहीबार , असोज २३ २०८२१०:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend