शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

जिप्रका सिरहामा राष्ट्रिय परिचयपत्र बनाउने सेवा बिहानैदेखि

बुधबार, असोज २२ २०८२
जिप्रका सिरहामा राष्ट्रिय परिचयपत्र बनाउने सेवा बिहानैदेखि

दसैँको अवसरमा घर फर्किएकाहरू राष्ट्रिय परिचयपत्र बनाउन प्रशासन कार्यालय आउन थालेपछि सङ्ख्या ह्वात्तै बढेको हो।

सिरहा- जिल्ला प्रशासन कार्यालय सिरहाले सेवाग्राहीको अत्यधिक चापका कारण बिहान ७ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रदान गर्ने भएको छ।

दसैँको अवसरमा घर फर्किएकाहरू राष्ट्रिय परिचयपत्र बनाउन प्रशासन कार्यालय आउन थालेपछि सङ्ख्या ह्वात्तै बढेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार हाल दैनिक २५० देखि ३०० जनासम्मले राष्ट्रिय परिचयपत्र बनाउन आउने गरेका छन्। दसैँअघिको तुलनामा यो सङ्ख्या दोब्बर हो। 'सेवाग्राहीको सहजताका लागि सेवा समय परिवर्तन गरिएको हो', बरालले भने।

उनका अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो समयतालिका लागु हुनेछ। रासस

प्रकाशित : बुधबार, असोज २२ २०८२१७:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend