शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

नयाँ कर्मचारीले जीवन बीमा कोषमा नपुग रकम जम्मा गर्नुपर्ने

बुधबार, असोज २२ २०८२
नयाँ कर्मचारीले जीवन बीमा कोषमा नपुग रकम जम्मा गर्नुपर्ने

अन्यथा बीमा प्रिमियम रकम नपुगुन्जेलसम्म बीमा नहुने कोषले स्पष्ट पारेको छ।

काठमाडौं- नागरिक लगानी कोषले नयाँ नियुक्त कर्मचारीले आर्थिक वर्षमै नपुग बीमा ‘प्रिमियम’बापतको रकम आफू कार्यरत कार्यालयमार्फत कोषमा एकमुष्ट जम्मा गरी अर्को आर्थिक वर्षदेखि बीमा सुनिश्चित गर्न सकिने जनाएको छ।

अन्यथा बीमा प्रिमियम रकम नपुगुन्जेलसम्म बीमा नहुने कोषले स्पष्ट पारेको छ।

नागरिक लगानी कोषले बीमा कोष सञ्चालन कार्यविधि, २०७५ बमोजिम राष्ट्रिय बीमा संस्थानमा बीमा रकम पठाइ राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बीमा कोष सञ्चालन गर्दै आइरहेको छ। रासस


प्रकाशित : बुधबार, असोज २२ २०८२१६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend