शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने चौधरी समूहको घोषणा

बुधबार, असोज २२ २०८२
जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने चौधरी समूहको घोषणा

'हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौँ। आशा, सहानुभूति र सम्मानसहित यो देशको सुन्दर र उज्ज्वल भविष्य निर्माण गर्नेछौँ।'

काठमाडौं- चौधरी समूह (सीजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरीले जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने घोषणा गरेका छन्।

चौधरी समूहले शहीदप्रति श्रद्धाञ्जली एवं परिवारप्रति गहिरो सम्मान र समवेदनासमेत व्यक्त गरेको छ। निर्वाण भन्छन्, 'जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौँ। यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो।'

चौधरी समूहले आन्दोलनका क्रममा आफ्ना निजी निवास, कार्यालय, शोरूम र कारखानामा भएको ठूलो क्षति र विध्वंसप्रति दुःख व्यक्त गर्दै पुनःनिर्माणको यात्रामा दृढ आत्मविश्वासका साथ अघि बढ्ने पनि जनाएको छ।

निर्वाणले भनेका छन्, 'हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौँ। आशा, सहानुभूति र सम्मानसहित यो देशको सुन्दर र उज्ज्वल भविष्य निर्माण गर्नेछौँ।'


प्रकाशित : बुधबार, असोज २२ २०८२१३:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend