शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

स्याफ्रु-रसुवागढी सडकखण्ड मर्मत सुरु

बुधबार, असोज २२ २०८२
स्याफ्रु-रसुवागढी सडकखण्ड मर्मत सुरु

सडक मर्मतका लागि गोसाइँकुण्ड गाउँपालिकाको स्काभेटर र सडक विभागको डोजर प्रयोग गरिएको छ।

रसुवा- यही असोज १८ गतेको अविरल वर्षाका कारण क्षतिग्रस्त यहाँको स्याफ्रु-रसुवागढी सडकखण्ड मर्मत सुरु गरिएको छ। सडक मर्मतका लागि गोसाइँकुण्ड गाउँपालिकाको स्काभेटर र सडक विभागको डोजर प्रयोग गरिएको छ।

याङयाङदेखि रसुवागढीसम्मको १६ किलोमिटर सडकको २० भन्दा बढी स्थानमा पहिरोले क्षति पुर्‍याएको छ। सडक विभाग र गाउँपालिकाले संयुक्तरुपमा मर्मत सुरु गरेको गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी सडक सुधार आयोजना प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए।

मर्मत खर्च आ-आफ्नै निकायले बेहोर्ने गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ। गत असार र साउनमा उक्त राजमार्ग बाढीपहिरोले क्षतिग्रस्त बनाएपछि हालै मर्मत गरी सञ्चालनमा ल्याइएको थियो। पुनः तेस्रो पटक पनि बाढीपहिरोले अवरूद्ध भएको हो।

ल्हेन्दे खोलाको मितेरी पुल निर्माण धमाधम भइरहेको छ। तिहारसम्म बेलिब्रिज तयार हुने अनुमान गरिएको छ। गत असार २४ गतेको बाढीले मितेरी पुल बगाएपछि दुई देशबीचको नाका बन्द भएको थियो। रासस


प्रकाशित : बुधबार, असोज २२ २०८२११:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend