शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

पुस, माघ लागेपछि मात्रै हिउँ पर्ने उत्तरी गोरखामा असोजमै हिमपात

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २२ २०८२
पुस, माघ लागेपछि मात्रै हिउँ पर्ने उत्तरी गोरखामा असोजमै हिमपात

अलिअलि घाम लाग्न थालेकाले हिउँ विस्तारै पग्लिँदै गएको छ। अब मौसम सफा हुनेबित्तिकै खेतीबाली भित्र्याउने तयारीमा आमकिसान छन्।

गोरखा- पुस, माघ लागेपछि मात्रै हिउँ पर्ने उत्तरी गोरखामा यो वर्ष असोजमै हिमपात भएको छ। हिमालपारिको चुमनुब्री गाउँपालिका-१ साम्दोमा सोमबार हिमपात भएको हो।

असोजमै हिमपात भएपछि जनजीवन सामान्य प्रभावित बनेको साम्दोका स्थानीय निमा ग्याल्जेन लामाले बताए।

'जाडो मौसममा पर्ने हिउँभन्दा अहिले परेको हिउँ धेरै गहुङ्गो हुन्छ। यस्तो हिउँले आलुलगायत बालीमा असर पुर्‍याउँछ', उनले भने, 'हाल बाक्लो हिमपात नभएकाले खेतीबालीमा असर देखिएको छैन।'

लामाका अनुसार मंगलबार दिउँसोबाट अलिअलि घाम लाग्न थालेकाले हिउँ विस्तारै पग्लिँदै गएको छ। अब मौसम सफा हुनेबित्तिकै खेतीबाली भित्र्याउने तयारीमा आमकिसान छन्।  

साम्दो समुद्री सतहबाट तीन हजार ८९० मिटर उचाइमा अवस्थित छ। यहाँ आलु र फापर मात्र उत्पादन हुन्छ। साम्दोवासीको मुख्य व्यवसाय पर्यटन हो। हिउँ परेपछि पर्यटक भने उत्साहित भएका छन्। 

मनास्लु आरोहणको सिजन सुरु भएसँगै गाउँमा पर्यटकको चहलपहलसमेत बढेको स्थानीयले बताएका छन्। रासस


प्रकाशित : बुधबार, असोज २२ २०८२१०:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend