शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

अवरुद्ध कटारी घुर्मी सडक खुल्यो

मंगलबार, असोज २१ २०८२
अवरुद्ध कटारी घुर्मी सडक खुल्यो

गत शुक्रबार साँझ पहिरो खसेपछि सो सडकमा यातायात सञ्चालनमा रोक लगाइएको थियो।

उदयपुर- अविरल बर्सातले पहिरो खसेर अवरुद्ध सिद्धिचरण मार्गको कटारी घुर्मी सडकखण्डमा यातायात सेवा सञ्चालनमा आएको छ।

गत शुक्रबार साँझ पहिरो खसेपछि सो सडकमा यातायात सञ्चालनमा रोक लगाइएको थियो। इलाका प्रहरी कार्यालय कटारीका अनुसार सडक विभाग, प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाइएको थियो।

सोमबारदेखि सिरहाको मिर्चैया हुँदै कटारी घुर्मी भएर ओखलढुंगा खोटाङ यातायात आवतजावत सञ्चालन भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख कमल बजगाईँले जानकारी दिए। उनले रात्रिकालीन समयमा सो मार्गमा सवारी सञ्चालन गर्न रोक लगाएको उनले बताए। रासस


प्रकाशित : मंगलबार, असोज २१ २०८२११:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend